• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

किन युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन् ? हेर्नुहोस् बाहिरीयो यस्तो तथ्य



काठमाडौं । अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि ।

भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ?

किन होला ?

उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ ।

तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।

त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् ।

यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् । कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ ।

कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन ।

धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

किन युवतीहरु आफूभन्दा बढी उमेरका पुरुषको प्रेममा पर्छन् रु यस्ता छन् कारणहरुः

१. सुरक्षाको भाव

कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन् । परिवारमा पिता वा भाई जस्ता पुरुषको संरक्षण नमिलेको कारण उनीहरुलाई अपमान वा दुव्र्यवहारको सामना गर्नुपरेको हुन्छ ।

यस्ता युवतीहरु सजिलै आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । कैयौंपटक युवतीहरुको यो संकेतको र बाध्यताको फाइदा पुरुषले उठाएको पनि देखिन्छ ।

२. परिस्थितीको कारण

कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ ।

अनुभव नभएका युवतीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै युवतीहरु पुरुष सहकर्मीहरुका नजिक आउँछन् । कामको सिलसिलामा लगातार सँगै रहँदा कैयौं पटक मन पनि मिल्छ ।

३. स्वार्थ

पुरुषहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका युवतीहरुलाई आफ्नो मोहजालमा फसाउँछन् । युवतीहरुले सहकर्मी भएको नाताले मात्रै पनि पुरुषहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । यस्तैमास्वार्थी प्रवृत्तिका पुरुषले यसको गलत फाइदा उठाउने कोसिस गर्छन् र युवतीहरु उनीहरुको जालमा फस्न आइपुग्छन् ।

४. बाध्यता

कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ ।

कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि युवतीहरुले आफ्ना सहकर्मी पुरुषहरुको सहयोग लिन हिच्किचाउँदैनन । यो आवश्यक पनि हुन्छ तर मनलाई के गर्ने रु सहयोग लिँदालिँदा मन पनि एकअर्काको नजिक आउँछन् त्यतिखेर उमेरको बन्धनले कुनै अर्थ राख्दैन ।

५. प्रलोभन

प्रलोभन वा लालचको कारणले पनि युवतीहरु उमेर भएका पुरुषहरुको चंगुलमा फस्छन् । कैयौं युवतीहरु धेरै सौखिन र फेसनेबल हुन्छन् । उनीहरुको आवश्यकता धेरै हुन्छ तर आवश्यकता पुरा गर्ने साधन सिमित हुन्छ ।

यस्तो स्थितीमा यदि कुनै धेरै उमेरको व्यक्ति जो साधनसम्पन्न छन् र पैसाको कमी छैन भने यस्ता युवतीहरु र उनीहरु तर्फ आकषिर्त हुन्छन् । यस समयमा उनीहरुले पछिसम्मको परिणाम देख्दैनन् ।

तत्कालिक लाभ नै उनीहरुको लागि सर्वोपरि हुन्छ । कैयौं युवतीहरु करियरको मामिलामा सर्टकट अपनाउन चाहन्छन् र धेरै ठूलो छलांग लगाएर पदोन्नती प्राप्त गर्न चाहन्छन् ।

यही लोभमा उनीहरु हाकिमसँग हिमचिम बढाउँछन् र हाकिमका धेरै उमेरलाई ख्याल नै गर्दैनन् ।

कहिलेकाँही कुनै धेरै उमेरको व्यक्तिले आफ्नो प्रभाव, व्यक्तित्व वा रहनसहनले पनि युवतीहरुलाई प्रभावित बनाउने गर्छ । राजनीति र आर्थिक जगतमा जोडिएका हस्तीहरुको साथमा कम उमेरका युवतीहरु उनीहरुको मोहपासमा बाँधिएका देखिन्छन् ।

यस्ता सम्बन्धले सँधै बर्बाद नै गर्छन् भन्ने हुँदैन । कैयौपटक यस्तो सम्बन्ध सफल भएको पनि देखिएको छ । सबैभन्दा मुख्य कुरा आपसी सम्बन्ध र परिपक्वताको हो । जहाँ सुझबुझ, विवेक र धैर्यको आवश्यकता हुन्छ । यस्तो भएमा असम्भव भन्ने कुरा केही पनि छैन् ।

आकर्षण र प्रेममा फरक छ

आकर्षण त मात्रै आकर्षण हुन्छ र धेरै आकर्षण क्षणिक पनि हुन्छन् । टाढाबाट त हरेक चीज आकर्षक देखिन्छन् । त्यसको वास्तविकता त नजिक आएपछि नै थाहा हुन्छ ।

केयौं पटक यहि आकर्षणले आकाशबाट सिधै धरातलमा ल्याउँछ । आकर्षण प्रेम, चाहना र जीवनभरको साथ सबै फरकफरक कुरा हुन् । आकर्षण र प्रेमलाई एकै सम्झिनु नै गलत हो ।

कुनै राम्रो वस्तुलाई देखेर आकषिर्त हुनु एक सामान्य कुरा हो तर यो आकर्षणलाई जीवनभरको बोझ बनाउन आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हुन सक्छ । किनभने हरेक चम्किलो चीज सुन हुँदैन ।

फेरि पनि बदलिँदो समयको आवश्यकता वा बिना मेहनत सफलता हासिल गर्ने होड मा कम उमेरका युवतीहरु धेरै उमेरका पुरुषतर्फ आकर्षित हुनुलाई खासै राम्रो सुरुवात मानिँदैन । यो अज्ञानतामा उनीहरुको भविष्य दाउमै लाग्न पनि सक्छ ।