१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसले लिङ्गकै कारण सिंहासनमा बस्न पाउँदिनन् !



अ+ अ-

जापानी सम्राटकी छोरी राजकुमारी आइको बुधबार २० वर्ष पुगेपछि औपचारिक रूपमा वयस्क हुने जापान टाइम्सले जनाएको छ। रोयल सेन्ट्रलका अनुसार सम्राट नारुहितो र उहाँकी पत्नी साम्राज्ञी मासाकोका एक मात्र सन्तान आइको हाल टोकियोको गाकुशुइन विश्वविद्यालयमा जापानी साहित्य अध्ययन गरिरहेकी छिन् ।

उनको जन्मदिन स्कूले साताको बीचमा परेकोले परम्परागत आगमनको उमेर समारोह आइतबार हुनेछ । जापानी अनलाइन म्यागजिन निप्पोन डटकमका अनुसार आइकोले जापानमा हालको नागरिक संहिताअन्तर्गत २० वर्षको उमेरमा हुने वयस्कताका बारेमा आगामी मार्च २०२२ मा पत्रकार सम्मेलन आयोजना गर्नेछिन् । 

शाही परिवारले जन्मोत्सव मनाउने तयारी गरिरहेका बेलामा आइकोको वयस्कतामा जाने अवस्थाले एउटा मुख्य मुद्दालाई सम्झना गराउनसक्छ जसलाई जापानको शाही परिवारले झेलिरहेको छ । अक्टोबर २६ मा आइकोकी काकाकी छोरी माकोको विवाहका बेला जापानको शाही परिवारले उसको आधुनिक इतिहासमा सम्भवतः सबैभन्दा धेरै छानबिनको सामना गर्नुपर्यो । माकोका पति केई कोमुरोसँगको सम्बन्धलाई विवादास्पदका रुपमा हेरिएको थियो किनकी उनकी आमा पूर्व पार्टनरसँग वित्तीय विवादमा संलग्न थिइन् । न्यूयोर्क टाइम्सका अनुसार सो मामिलाले उनी सुन खन्ने मानिस थिए भन्ने जनतामाझ आक्षेप लागेको थियो । 

इम्पेरियल रोयल हाउस अहिले पनि पुरुष वरियता भएको ज्येष्ठाधिकार प्रणालीअन्तर्गत सञ्चालित छ । जसको अर्थ पुरुष उत्तराधिकारी मात्र सिंहासनमा बस्न पाउँछ । त्यसको ठीक विपरीत जापानमा शाही परिवारका महिलाहरूले देशको १९४७ इम्पेरियल हाउस कानूनअन्तर्गत ‘सामान्य व्यक्तिहहरुसँग’ विवाह गर्दा परिवारमा आफ्नो पद र हैसियतलाई पूर्णरूपमा त्याग्नु पर्दछ । 

दोस्रो विश्वयुद्धदेखि यता शाही परिवारका सदस्यहरूको सङ्ख्या ६७ बाट घटेर १७ मात्र भयो । अहिले उत्तराधिकारीको लाइनमा तीन जना मात्र बाँकी छन् : माकोका बुबा राजकुमार फुमिहितो (५५), उनका छोरा राजकुमार हिसाहितो (१५) र वर्तमान सम्राटका काका राजकुमार हिताची (८५) । 

सेन्सु विश्वविद्यालयका प्राध्यापक कुमितो नेमोतोका अनुसार यो प्रणालीले शाही घरानाको भविष्यलाई खतरामा पारिरहेको छ र यो सङ्कट रूढिवादीहरू र साम्राज्यवादी प्रणालीलाई ‘राष्ट्रिय पहिचानको एक महत्वपूर्ण भाग’ का रूपमा हेर्नेहरूले महसुस गरेका छन् । नेमोतोले भन्नुभयो, ‘यो अटुट पुरुष रक्तरेखा जापानको शाही व्यवस्थाको केन्द्रविन्दुमा रहेको छ, जुन जापानी परिवार र समाजमा पितृसत्ताको आदर्शको निर्विवाद महत्वको प्रतीक हो ।’ 

नेमोतोका अनुसार जापानी शाही परिवारका महिला सदस्यहरुले ‘पति, पिता र राष्ट्रलगायत पुरुष अधिकारको सेवा गर्दै’ महिला, अधीनता र संयमतापूर्ण व्यवहार गरुन् भन्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, ‘शाही परिवारका महिलाहरुले अझै पनि श्रीमती र आमाको परम्परागत बाटो लिने अपेक्षा गरिएको छ ।’

तर यदि आइकोले यस्तो मार्ग अनुसरण गरिन् भने उनी शाही परिवारबाहिर त्यस्तो गर्न बाध्य हुनेछिन् । ‘वर्तमान नियमहरुअन्तर्गत उनले आफ्नो उपाधि र स्थान गुमाउनेछिन्’, नेमोतोले भन्नुभयो । न्यूयोर्क टाइम्सका अनुसार अन्य आठ जापानी राजकुमारीहरुमध्येकी माकोले विवाहपछि परिवारमा आफ्नो स्थान गुमाइन् । 

क्योडो समाचारका अनुसार जबसम्म जापानी शाही काूननमा नाटकीय परिवर्तन आउँदैन तबसम्म आइकोको भाग्य बन्द हुनेछ । यसअघि जापानी जनताको दबाब वा सरकारको नेतृत्वमा भएको पहलमा गठित सल्लाहकार समितिले उत्तराधिकारीको लाइनमा महिलालाई समावेश गर्ने र उनीहरुलाई विवाहपछि उपाधि कायमै राख्न अनुमति दिनेबारे छलफल गरेको थियो । 

‘यदि जापानमा लैङ्गिक समानता बढ्यो भने शाही परिवारप्रतिको जनताको दृष्टिकोण र अपेक्षा धेरै लोकतान्त्रिक हुनसक्छ’, नेमोतोले भन्नुभयो ।