३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

किन दिए भारतीय अर्थमन्त्री जेट्लीले राजीनामा ?

किन दिए भारतीय अर्थमन्त्री जेट्लीले राजीनामा ?
अ+ अ-

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिकका विश्वासपात्र तथा आर्थिक सल्लाहकार अर्थमन्त्री अरुण जेट्लीले कमजोर स्वास्थ्यका कारण नयाँ मन्त्रिमण्डलमा काम गर्न नसक्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री जेट्ली लामो समयदेखि मृगौलाको रोगबाट पीडित हुनुका साथै उहाँको गत वर्ष मे महिनामा मृगौला प्रत्यारोपण पनि गरिएको थियो । गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकामा स्वास्थ्य परीक्षण गर्दा उनमा क्यान्सरको समेत समस्या देखिएको थियो ।
६६ वर्षीय जेट्लीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा आफू नयाँ मन्त्रिपरिषदमा रहेर सेवा गर्न असमर्थ रहेको बताएका छन् । उनले आफू आफ्नो स्वास्थ्य र उपचारमा केन्द्रित गर्न चाहेको उल्लेख गरेका छन् । मन्त्री जेट्लीले आफ्नो पत्र ट्वीटर मार्फत सार्वजनिक गरेका थिए ।
जेट्लीले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले आश्चर्यजनक विजय हासिल गरेकोमा मोदीलाई धन्यवाद पनि दिनुभएको छ ।

जेट्लीकै समयमा विवादास्पद नाेटबन्दी गरिएकाे थियाे । जसमा भारतमा चलनचल्तीमा रहेका ५०० र १००० का नाेटमाथि प्रतिबन्ध लगाइएकाे थियाे । यस निर्णयकाे चर्काे अालाेचना भएपनि त्यसबाट भाजपालाइ नै राजनीतिक फाइदा पुगेकाे अनुमान गरिएकाे छ ।

नाेटबन्दीका कारण नेपालमा रहेका ५०० र १००० का नाेट सटही हुन सकेकाे छैन । नेपाल सरकारले उक्त विषयमा भारतीय पक्षसँग निरन्तर वार्ता गरेपनि नेपालमा यी नाेट राष्ट्रबैंकमा थन्किएका छन् ।

भाजपाले गत निर्वाचनमा लोकसभाका ५४२ मध्ये ३०३ स्थानमा जितेको थियो । जितसँगै मोदी दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोबिन्दबाट नियुक्त भइसक्नु भएको छ ।
मोदीले बिहीबार राष्ट्रपति समक्ष सपथ लिने कार्यक्रम तय भएको छ । उक्त सपथ कार्यक्रममा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम छ । सपथमा छिमेकी मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने निमन्त्रण गरिएको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकका सदस्य मुलुकका अन्य नेताहरुलाई पनि आमन्त्रण गर्नुभएको छ ।
जेट्लीको स्थानमा भाजपाका अध्यक्ष अमित शाह र रेलमन्त्री पियुस गोयलमध्ये एक अर्थमन्त्री हुने सम्भावना छ ।