६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई म निरन्तरता दिन्छु : प्रचण्ड



अ+ अ-

ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने बताएका छन् ।

ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने भन्दै प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाए ।

उनले हालको समयमा देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको आरोप लगाए । उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे ।

प्रचण्डले हिमाल, पहाड र तराईले भरिपूर्णको भएको देशमा जनतालाई भड्काउने छुट कसैलाई पनि नभएको बताए ।

अध्यक्ष दाहालले देशको इतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

उनले लोकतन्त्र स्थापनाका लागि निरंकुशताविरुद्ध शिर नझुकाउने क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्न पाउदा आफूलाई गौरव महसुस भएको पनि बताए । शहीदहरु कुनै पार्टी विशेषका नभई आम जनता र देशका हुने भन्दै प्रचण्डले शहीदको सम्मान सबैले गर्नुपर्ने विचार व्यक्त गरे ।