६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ ।

उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउनु हुनेछ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।

जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।

सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ । साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका विदेशमा रहेका मित्रहरु पनि सपथ कार्यक्रममा सहभागी हुँदैछन् ।