१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ ।

उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउनु हुनेछ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।

जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।

सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ । साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका विदेशमा रहेका मित्रहरु पनि सपथ कार्यक्रममा सहभागी हुँदैछन् ।




भर्खरै