१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाती फुलाएर भन्न सक्छु, महिला अधिकारको कुरामा नेपाल विकसित देशभन्दा अगाडि छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र सभामुख महिला भएको कारण महिला अधिकार र सार्वजनिक क्षेत्रमा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् ।

पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं, मुख्य कुरा सामाजिक जागरण बढेको छ’ उनले भने ।

ओलकिो आउँदो दिनमा माथिबाट नै सुधार लाने भन्दै .उनले भने ‘राष्ट्रपति महिला, उपराष्ट्रपति पुरुष । सभामुख महिला पनि भएका छन् । माथिबाटै सुधार हुँदैछ ।’

नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका पनि प्रधानमन्त्री ओलीले बताए । ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न देखाएका छन्’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस अवसरमा उनले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताए ।

२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायत विषय समेटेर तत्कालिन सांसद विद्यादेवी भण्डारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।

त्यसै दिनको सम्झनामा यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गर्ने हालका राष्ट्रपति भण्डारीलाई धन्यवाद दिँदै सबैलाई दिपावली गर्न आग्रह गरे ।




भर्खरै