६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गममा कर्मचारी आउँदैनन्, चिठ्ठी मात्र आउँछ



अ+ अ-


बझाङ – बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आआफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाइएको भए पनि कर्मचारी कार्यालयसम्म पुग्दैनन् । जयपृथ्वी नगरपालिकाके प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही गत चैतमा सरुवा भएर गएपछि नगरपालिका अधिकृतविहीन भएको छ । कर्मचारी समायोजनका क्रममा भक्तराज जोशी, भीमबहादुर शाही, गम्भीरसिंह विष्ट नगरपालिकामा खटाइएको भए पनि बझाङ आउन नचाहेका कारण जिल्ला नपुग्दै बीचबाटोमै अन्यत्रै सरुवा मागेर जाने गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतका लागि बेलाबेला मन्त्रालयमा धाएको भए पनि दुर्गम भएका कारण कर्मचारी आउन नमान्ने र आए पनि बीचबाटो बाटै अर्को ठाउँ जाने गरेको जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रालयबाट कर्मचारी खटाइएको भनेर धेरै पत्र पुगे पनि कर्मचारी पुगेका छैनन् । कर्मचारी पनि घरपायकमै बस्न चाहन्छन् । हाम्रो जस्तो दुर्गम ठाउँमा आउन मान्दैनन् ।

भएका कर्मचारीलाई आर्थिक कारोवारको जिम्मा दिदैनन् ।” नगरपालिकाको योजनाको काम रोकिएपछि वैशाख ८ गते नगरकार्यपालिकाको बैठकले शाखा अधिकृत सत्यराज जोशीलाई आर्थिक कारोवार सञ्चालन गर्न दिनका लागि निर्णय गरेर मन्त्रालयमा पठाएको भए पनि मन्त्रालयले कुनै चासो नदेखाएको खड्काको भनाइ छ । आर्थिक वर्ष सकिँन लाग्दा पनि कर्मचारी नभएपछि योजनाको भुक्तानी अन्योलमा परेको छ ।

बझाङको पहिलो नगरपालिका जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा विभिन्न योजनाको भुक्तानी कार्य अलपत्र परेको छ । लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि विभिन्न योजनाका उपभोक्ता समिति योजनाको पैसा भुक्तानी नपाएको गुनासो गरेका छन् ।

नगरपालिकाका योजनाको काम ७० प्रतिशत सम्पन्न भएको भए पनि अधिकृत नभएपछि १४ प्रतिशत मात्र भुक्तानी भएको छ । नगरपालिकामा साना ठूला गरेर ४०० भन्दाबढी योजना छन् । भुक्तानीको माग गर्दै दैनिक १०/१५ जना नगरपालिकामा आउने गरेको नगरपालिकाले जनाएको छ । जयपृथ्वी नगरपालिका मात्र हैन जिल्लाका अन्य स्थानीय तहको समस्या उस्तै छ ।