५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध टस जितेर अफ्रिका फिल्डिङमा



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो ।


विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

। दक्षिण अफ्रिका भने फाइनलमा पुग्न सकेको छैन । इंग्ल्यान्डले हालै मात्र पाकिस्तानविरुद्धको वानडे सिरिज ४–० ले जितेको छ । दुई पटक त ३ सय भन्दा बढी रनको लक्ष्य आयोजक टोलीले भेटाएको छ । यसले पनि टोलीको ब्याटिङ सन्तुलित भएको पुष्टि गर्छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजितमा रहेको छ ।

१० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेन

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, जोफ्रा आर्चर ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी, डवान प्रेटोरियस, एन्डिल फेहलुकवाओ ।