५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली दिल्ली आइपुगे, साँझ मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक हुने



अ+ अ-


नयाँदिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री ओली नेपाल एयरलायन्सको दिउँसो १.३५ को नियमित उडानबाट दिल्ली पुगेका हुन् । इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका थिए ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका थिए। ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो।

दिल्ली आउने प्रधानमन्त्रीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन्।

ओली राष्ट्रपति कार्यालयमा साँझ करिब सात बजे हुने मोदी र उनको मन्त्रिमण्डलको शपथ ग्रहण कार्यक्रममा सरिक हुनेछन्।

प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भारत सरकारको निमन्त्रणामा दिल्ली आउन लागेका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बस्नेछन् । समारोहमा सहभागी हुनुअघि कुनै पनि राजनीतिक भेटघाट नहुने बुझिएको छ।

श्रोतका अनुसार भारतीय पक्षको स्पष्ट निर्देशन नै रहेको हुँदा पहिलो दिन कुनै राजनीतिक भेटघाट नहुने भएको हो।ओली आज साँझ सात हुन लागेको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। सोही समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग संक्षिप्त भेटघाट हुनेछ। त्यसपछि राति ९ बजेको रात्रीभोजमा सहभागी हुनेछन्।

शुक्रबार प्रधानमन्त्री ओली र उनका समकक्षी प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट हुनेछ।मोदीले विमस्टेकका सबै सदस्य राष्ट्रलगायत किर्गिस्तान र मोरिसस गरेर ९ मुलुकका प्रमुखलाई भेट गर्ने भएको हुँदा दुई प्रधानमन्त्रीबीच कुराकानीका छोटो हुने श्रोतले बताएको छ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।