६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: ५ बिन्दुले उकालो



अ+ अ-

काठमाडौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ । कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ ।

यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआइसी एसिया ग्रोथ फण्ड छ दशमलव ४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेशनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमाए ।