१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पहिलो विकेट ताहिर बुढाको नाममा



अ+ अ-

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट स्पिनर इमरान ताहिरको नाममा भएको छ ।

ताहिरले पहिलो ओभरको दोस्रो बलमा इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई विकेटकिपर क्वेन्टेन डे ककबाट आउट गराए। पहिलो ओभरमा उनले १ रन मात्र खर्चे।

उनी यस विश्वकपको सबैभन्दा बुढा खेलाडी समेत हुन्। उनी ४० वर्ष ६४ दिन हुँदा विश्वकप खेलिरहेका छन्।

विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको थियो ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो ।

विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

। दक्षिण अफ्रिका भने फाइनलमा पुग्न सकेको छैन । इंग्ल्यान्डले हालै मात्र पाकिस्तानविरुद्धको वानडे सिरिज ४–० ले जितेको छ । दुई पटक त ३ सय भन्दा बढी रनको लक्ष्य आयोजक टोलीले भेटाएको छ । यसले पनि टोलीको ब्याटिङ सन्तुलित भएको पुष्टि गर्छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजितमा रहेको छ ।

१० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेन

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, जोफ्रा आर्चर ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी, डवान प्रेटोरियस, एन्डिल फेहलुकवाओ ।




भर्खरै