परासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।
मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् छन् । अर्की अन्दाजी ३०/३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
बिहीबार दिउसो पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।