६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी लाइसेन्समा घुसखाेरी, नायब सुब्बामाथि मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवले स्काभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस/रिसवत लिएकाे अाराेपमा विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले निजहरू रोशन कुमार रौनियार र सुनिल कुमार यादवलाई सेवाग्राहीसँग रू. ३१ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे थियाे ।

उक्त घटनाकाे अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्रीप्रसाद दाहाल, शिखर इन्स्योरेन्स क.लि., तेस्रोपक्ष बिमा कलेक्सन काउण्टर, वीरगंज पर्साका लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सोही काउण्टरमा काम गर्ने सुनिल कुमार यादव समेतको प्रत्यक्ष संलग्नता देखिएकाे अायाेगकाे भनाइ छ ।

तथ्य स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरू बद्रिप्रसाद दाहाल, रोशनकुमार रौनियार र सुनिल कुमार यादव विरूद्ध सजायको मागदाबी गरिएकाे हाे ।

विगाे र सजाय देहाय बमाेजिम रहेकाे अायाेगले जनाएकाे छः

No photo description available.