१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी लाइसेन्समा घुसखाेरी, नायब सुब्बामाथि मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवले स्काभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस/रिसवत लिएकाे अाराेपमा विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले निजहरू रोशन कुमार रौनियार र सुनिल कुमार यादवलाई सेवाग्राहीसँग रू. ३१ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे थियाे ।

उक्त घटनाकाे अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्रीप्रसाद दाहाल, शिखर इन्स्योरेन्स क.लि., तेस्रोपक्ष बिमा कलेक्सन काउण्टर, वीरगंज पर्साका लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सोही काउण्टरमा काम गर्ने सुनिल कुमार यादव समेतको प्रत्यक्ष संलग्नता देखिएकाे अायाेगकाे भनाइ छ ।

तथ्य स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरू बद्रिप्रसाद दाहाल, रोशनकुमार रौनियार र सुनिल कुमार यादव विरूद्ध सजायको मागदाबी गरिएकाे हाे ।

विगाे र सजाय देहाय बमाेजिम रहेकाे अायाेगले जनाएकाे छः

No photo description available.




भर्खरै