६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माेदीले लिए प्रधानमन्त्री पदकाे सपथ, भाजपा अध्यक्ष अमित शाह पनि मन्त्रिमण्डलमा सामेल



अ+ अ-

नयाँदिल्लीः भारतमा लाेकसभाकाे निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेकाे भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र माेदीले पुनः प्रधानमन्त्री पदकाे सपथ लिएका छन् ।

राष्ट्रपति राम नाथ काेबिन्दबाट माेदीले सपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा अायाेजित विशेष समाराेहमा माेदीले सपथ लिएका हुन् । त्यस अवसरमा नेपाल, भुटान, श्रीलंका, बंगलादेशका प्रधानमन्त्री एवं राष्ट्रपतिहरूकाे सहभागिता पनि थियाे ।

सपथ कार्यक्रममा चुनावमा नराम्राे हार व्यहाेरेकाे भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी, साेनिया गान्धी, मनमाेहन सिंह समेतका नेताहरू पनि सहभागी थिए ।

राहुल गान्धीलाइ उत्तर प्रदेशकाे अमेठीमा पराजित गरेर चर्चामा रहेकी स्मृति इरानीलाइ पनि माेदीले मन्त्री बनाएका छन् ।

यसपटक माेदीले पुरानाे मन्त्रिमण्डलका कतिपय सदस्यलाइ पुनः सहभागी गराएका छन् भने केही नयाँ अनुहारका अाएका छन् । यसपटक शुस्मा स्वराज, राजनाथ सिंह, नीतीन गडकरी, प्रकाश जावडेकर समेतका पुराना अनुहार पनि दाेहाेरिएका छन् ।

अर्थमन्त्री अरूण जेट्लीले भने स्वास्थ्यका कारण नयाँ मन्त्रिमण्डलमा सहभागी नहुने घाेषणा गरिसकेका छन् । उनकाे ठाउँमा सम्भवत भाजपा अध्यक्ष अमित शाहलाइ जिम्मेवारी दिइने छ ।