१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यदुवंशी उत्थान समाजको वार्षिकोत्सव सम्पन्न, ३ जना सञ्चारकर्मी सम्मानित



अ+ अ-

काठमाडौं । यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा वक्ताहरुले यदुवंशी उत्थान समाज कुनै एउटा जाति विशेषको मात्र नभई सम्पूर्ण जातजातिको धार्मिक संरक्षण गर्ने संस्था रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान बालबालिकाक तथा महिला विभाग प्रमुख, अभियान नेपालका संस्थापक अध्यक्ष र वरिष्ठ नागरिक समाजसेवी भुवन गिरीले समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यसैगरी, विशेष अतिथि सोतोकान कराते संघका संस्थापक अध्यक्ष हेम कुमार श्रेष्ठ, नेपाल यादव अखिल महिला संघकी संस्थापक अध्यक्ष शोभा कुमारी यादव र एनएफवाईसीसीका संस्थापक अध्यक्ष शितल प्रसाद यादवले समाजलाई शुभकामना दिएका छन् ।

कार्यक्रममा अतिथिहरु गोपाल सेवा समिति उपत्यका समितिका अध्यक्ष कमल कुमार यादव र अभियान नेपालकी सचिव शोभा गिरी, समाजका पदाधिकारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संस्थाको नाममा प्रदेश २ को सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं। ४ मा १८ धुर जग्गा नामसारी भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यसैगरी, धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं। ६ मा मंगलरबार नै १ कठ्ठा जग्गा नामसारी भएको संस्थाका अध्यक्ष जीतन यादवले जानकारी दिए । सो जग्गामा पुस्तकालय निर्माण गर्ने अध्यक्ष यादवले बताए ।

वार्षिकोत्वसको अवसरमा समाजमा योगदान पुर्याएका सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सञ्चारकर्मी गोपाल यादव, मिना घोरसैने र विजय यादवलगायतका व्यक्तित्वहरु थिए ।




भर्खरै