६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु



अ+ अ-

यमन । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।

साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ । भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका अनुसार अरु दुई जना सैनिक अधिकृतको पनि ज्यान गएको छ ।

स्रोतका अनुसार ढालीमा भारी हातहतियार र तोपको समेत प्रयोग गरिएको छ । जनधनको निकै क्षति भएको अनुमान गरिएको यस भिडन्तका क्रममा हुथी विद्रोहीका लडाका पनि मारिएका र केही घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुले हुथी विद्रोही विरुद्ध ढालीमा ठूलो सैन्य कारबाही थालिएको बताएका छन् । ढालीका चाखाब, सुलेम र अलराबीलाई सरकारी फौजले पुनः नियन्त्रणमा लिएको छ ।

गत बुधबार साउदी गठबन्धनले ढालीमा हवाई आक्रमण तिब्र बनाइएको जनाएको थियो । सरकारी नियन्त्रणमा रहेको ढाली प्रान्तमा केही सातादेखि दुबै पक्षबीच भिषण युद्ध चर्किएको छ ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हाडीलाई निर्वासित गर्न बाध्य पारेका थिए, तर साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हाडी पुनः सत्तामा रहनु भएको छ ।