१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरीदै राउटे, गाडी रिजर्भ गरेर बस्ती सारे



अ+ अ-

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार तीन वटा बस रिर्जभ गरेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी पुगेका हुन्।

गुराँस गाउँपालिकाले राउटे समुदायलाई अघिल्लो वर्ष स्थायी परिचयपत्र दिएको थियो। ‘तराईमा गर्मी धेरै भयो, गर्मी छल्नका लागि यहाँ आएका हौं’ निगालपानी पुगेका राउटे मुखिया दीलबहादुर शाहीले भने, ‘यहाँ त सितल रहेछ।’

राउटे समुदाय पहिलो पटक गाडी रिजर्भ गरेर बस्ती सरेका हुन्। ‘सुर्खेतको गुर्भाकोटबाट हिँडेर दैलेखको गुराँस गाउँपालिका आउन दुई–तीन दिन लाग्थ्यो’ मुखिया शाहीले भने, ‘बस रिर्जभ गरेर आउँदा तीन घण्टामै पुग्यौं।’ गुराँस गाउँपालिकासम्म राउटेलाई बसमा ल्याउन दैलेखको सामाजिक सेवा केन्द्र ९सोसेक० र गाउँपालिकाले सहयोग गरेका थिए। नागरिक दैनिकमा खबर प्रकाशित छ ।