३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सुनभन्दा महङ्गो यार्सा खोज्न पाटनतिर

सुनभन्दा महङ्गो यार्सा खोज्न पाटनतिर
अ+ अ-

दार्चुला । काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो ।

अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् । पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ । दुधेबालक सँगै लिएर जाने उनी एक्ली पात्र भने हैनन् । सुनभन्दा महङ्गो मूल्यमा बिक्री हुने यार्सामा जीवनकै बाजी थाप्नेहरुको ताँती अहिले पहाड उक्लिदैछन् । यस क्षेत्रका अधिकाँश महिलाहरु यसरी नै दुधेबालक च्यापेर हरेक वर्ष यार्सा सङ्कलनमा जाने गर्छन् ।

यो क्षेत्रका ६ देखि ६० वर्ष उमेर समूहका झण्डै चार हजार जनसङ्ख्या यार्सा खोज्न पाटन जाने गर्छन् । त्यहाँ एक महिना सङ्घर्षपूर्ण जीवन बिताउँछन् । यहाँका नागरिकको आय र खाद्यान्न जोहोको प्रमुख स्रोत नै यही एक महिनाको खटन हो । हेर्दा रहरैले गएको जस्तो देखिन्छ । त्यहाँको पीडा र कठिनाइ ती दुधे बालक लिएर जाने महिला र बालबालिकाले मात्रै भोगेका हुन्छन् ।

गाउँ पाश्र्वचित्रमा देखाइएको तथ्याङ्क अनुसार अपि हिमाल गाउँपालिकाका एक हजार २०८ घरधुरीमध्ये १३३ घरधुरीको तीन महिनासम्म खान पुग्दैन । करीव ३ देखि ६ महिनासम्म खान पुग्ने परिवारको सङ्ख्या ६३९ परिवार छ । यस्तै, ६ देखि ९ महिनासम्म खान पुग्ने परिवार ४०५ छ र वर्षभरि खान पुग्ने परिवारको सङ्ख्या ३१ छ ।

बहुमूल्य यार्साको बजार र उपयोगिताको चर्चा जति लोभलाग्दो छ, त्यति नै कठिन छ यसको सङ्कलन पनि । घाँसे मैदानमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजीमा जानेले ज्यानको बाजी लगाउनुपर्छ । कतिपयको लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान जाने गरेको छ ।
सङ्कलकहरूले पाटनमा एक इञ्च ठाउँ पनि खाली नराखी भुइँमा घस्रँदै यार्सा खोज्छन् । “दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि हात पर्दैन,” सङ्कलक गौमती कार्कीले भनिन् ।

यार्सासँग सम्बन्धित घटनामा गत वर्ष मात्र चार जनाले ज्यान गुमाए । हरेक वर्ष यार्सा खोज्ने क्रममा केटाकेटीहरुले हिउँमा चिप्लिएर वा भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् । अपि हिमालको घुसा, खण्डेश्वरी, व्यासको छांगरु, तिंकर र राप्लाका अधिकाँश स्थानीय बासिन्दा यसबेला लेकतिर उक्लिएका छन् । विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन क्षेत्रमा एकदेखि डेढ–दुई महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को दिनदिनै देखिन्छ । घुसा र खण्डेश्वरीमा अहिले मान्छे भेट्टाउनै नसक्ने अवस्था आइसकेको छ ।

“यार्सा सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो सातादेखि लेक खुल्यो, अहिले गाउँ रित्तिँदैछन्,” स्थानीयवासी कल्याणसिंह बोहराले भने । गाउँमा कुनै घरमा बूढाबूढी बाहेक अरु मान्छे भेटिँदैन । अधिकाँश स्थानीय बासिन्दा गाई, गोरु, भेंडाबाख्रा र लालाबालासहित लेकतिर हिँडेका छन् । क्षत्ति, घाजिर र पाथा गाउँतिर ढोकामा ताला लगाएर स्थानीय बासिन्दा पाटन गएका छन् ।

सङ्कलन अवधिभरका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लिएर सङ्कलकहरु लेक पुगेका छन् । रोजगारी र अध्ययनका लागि गाउँ भन्दा बाहिर रहेका युवा, महिला सबैजसो यार्सा टिप्ने योजनासहित लेकतिर पसेका छन् । पढ्न जाने र गाउँबाट शहरमा बसोबास गर्नेहरु पनि गाउँ फर्किएका छन् ।

“जिल्ला बाहिरका समेत यार्सा सङ्कलन गर्न पाटनतिर लागेका छन्,” बोहराले भने– “यार्साको आकर्षणले बास बस्नेहरु दैनिक बढ्दैछन् ।” यार्सा पाइने अपि हिमालको लोलु, अपि फेद, रोखापु, सातगंगा फुल्टीवन, चाइमटेला, घाजिर, धरमघर, घट्टेखोला, काटै, सुर्मा लगायतका वनहरुमा यतिबेला सङ्कलकहरुको भीड लागेको छ ।

यस्तै, व्यासको अपि नाम्पा फेद, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका पाटनहरुमा सङ्कलकहरु पुगेका छन् । “यार्सा याम शुरु भएपछि वर्षैपिच्छे सङ्कलकहरुको भीड हुन्छ,” अपि हिमाल–१ का स्थानीयवासी झुनसिह जागरीले भने – “होटलहरु पनि राम्रै चलेका छन् । दिउँसो खान र राति बास बस्न सङ्कलकहरु होटलमै पुग्छन् । एउटै वनमा ४–५ हजारभन्दा बढी सङ्कलकहरु पस्ने गरेका छन् । यहाँबाट पनि लेक जानेको लामो लस्कर हेरिनसक्नु हुन्छ ।”

जेठ पहिलो सातादेखि असार महिनासम्म यार्सा सङ्कलन क्षेत्रमा भीड हुने गर्छ । “गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी, महिला, हिँड्डुल गर्न नसक्ने बालबालिका मात्रै छन्,” अपि हिमाल गाउँपालिका–४ का दमनसिह बोहराले भने । यार्सा खोज्ने समयमा यदि कसैको गाउँमा मृत्यु भइहाल्यो भने पनि मलामी जाने मान्छे हुँदैनन् । अपि हिमालको घुसा खण्डेश्वरीबाट दुई दिनमा सङ्कलन क्षेत्र पुगिन्छ ।

यस क्षेत्रका स्थानीय बासिन्दाको झण्डै चार करोड ४० लाख रुपैयाँ बराबरको खर्च खाद्यान्नमा मात्र हुने गरेको एक अध्ययनले देखाएको छ । सडक सञ्जाल नजोडिएको क्षेत्रमा कमै मात्र फसल लाग्छ भने ढुवानी भाडा महङ्गो छ । यहाँका स्थानीय बासिन्दाको मुख्य पेशा भनेकै कृषि र पशुपालन हो ।

अपि हिमाल गाउँपालिका भरिका २१ वटा र व्यास गाउँपलिका वडा नं २ र ३ का ८ वटा विद्यालय जेठ १५ गतेदेखि बन्द छन् । शिक्षा, युवा तथा खेलकूद शाखाले झण्डै एक महिना हिउँदे विदामा मिलान हुने गरी यार्सा यामको विदा दिएको हो ।

अधिकाँश विद्यार्थीहरु लेकतिर पसिसकेका छन् । विद्यार्थीको आयस्रोत पनि यार्सा नै भएको कारण विद्यालय बन्द गर्नुपरेको शिक्षक दमनसिह बोहराले जानकारी दिए । बुधबार विद्यालयमा एकजना विद्यार्थी पनि पुगेनन् । व्यासका अन्य वडाका विद्यालयमा भने विदा दिइएको छैन ।

“यार्सा टिप्ने समयमा एक महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,” महादेव मावि घुसाका प्रधानाध्यापक शेरसिह धामीले भने – “शिक्षक विद्यार्थी सबै जानुपर्ने बाध्यता हो । यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ हुने यही महिना हो ।” यार्सा समुद्र सतहदेखि तीन हजार ८०० देखि चार हजार ८०० मिटरसम्मको उचाइमा पाइन्छ ।