१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धाधुन्ध विद्यार्थी कुटेर विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १० दिन म्याद थपेर अनुसन्धान



अ+ अ-

काठमाडौं । अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए। म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय होलेरीमै फर्काइएको छ।

रुन्टीगढी गाउँपालिका–८ मगरगोरी झेनामस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका पुनले जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेकी थिइन्। प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन्।

घाइतेमध्ये भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ। घाइतेको उपचार दाङमा गरिएको छ भने अन्यको उपचार होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो । कुटपिटको आरोप लागेपछि शिक्षिका पुनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।

शिक्षिका पुन निजी स्रोतबाट नियुक्त भएकी हुन् । उनी विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी थिइन् । स्थानीयका अनुसार उनले पहिले पनि विद्यार्थीमाथि कुटपिट गर्थिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै