१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका पूर्वआयुक्त न्यौपाने धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । ७८ लाख रुपैयाँ घूस बुझाएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वसञ्चालक लम्बोदर न्यौपाने धरौटी बुझाएर मंगलबार तारेखमा छुटेका छन्। न्यौपाने विशेष अदालतमा हाजिर हुन पुगेका थिए।

विशेष अदालतले उनीमाथि थुनछेक आदेश गर्दै घूस बुझाएको रकम बराबरको धरौटी मागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदादिँदै एकाएक फरार भएका उनीमाथि आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस दिएको आरोप छ।

उनले कलेजको अनियमितता मिलाउन पाठकलाई घूस बुझाएका थिए। पछि एक व्यक्तिसँगको कुराकानीका क्रममा पाठकले न्यौपानेबाट घूस लिएको स्विकारेको भिडियो रेकर्ड सार्वजनिक भएपछि दुवै जना विवादमा तानिएका थिए। केही साताअघि अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा उपस्थित भइसकेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।