• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

युवतीलाई यौन सम्पर्क जारी राख्दा कसरी पूर्ण सन्तुष्ट पार्न सकिन्छ ? यस्तो छ तथ्य



काठमाडौं । अत्यधिक व्यस्तताले ल्याएको अस्तव्यस्तताले दिने मानसिक तनाव र नकारात्मकताका कारण देखा पर्ने विभिन्न शारीरिक एवं मानसिक कमजोरीहरूको असर मानिसहरूको यौन क्षमतामा देखा परिराखेको छ ।

एकातिर तनावपूर्ण जीवनशैलीका कारण पुरुषहरूमा समस्या देखा परिराखेको छ भने अर्कोतिर महिलाहरूमा पनि कामेक्षाको कमी र कामेक्षा भएका बेला पनि पुरुष साथीबाट सन्तुष्ट हुन नसकेर कुण्ठाग्रस्त हुनसक्ने सम्भावना रहेको छ ।

सामान्यतया पुरुष र महिलाबीच यौन सम्बन्धका क्रममा पुरुष समयभन्दा पहिले नै स्खलित भएको खण्डमा त्यस्तो सम्बन्धबाट महिला सन्तुष्ट हुन नसक्ने हिउन्छ र त्यस्तो सम्बन्धले पारस्परिक सम्बन्धमै चिसोपन ल्याउन सक्छ । तर एउटा पुरुषले कति समयसम्म स्खलित नभएको खण्डमा त्यसलाई समयभन्दा पहिले मान्ने भन्ने कुरामा भने कुनै मापदण्ड नभएको बताउँछन यस क्षेत्रका विज्ञहरू ।

खास गरेर कति समयसम्म यौन सम्पर्क राख्न सक्नुलाई उचित मान्ने भन्ने प्रश्नको वैज्ञानिक समाधान खोज्ने क्रममा अमेरिकी डाक्टरहरूले एउटा शोध गरेका थिए जसमा सात हजार पांच सय ९० जोडीमा एउटा असर्वेक्षण गरिएको थियो ।

यस शोधले दिएको नतिजा अनुसार यौन सम्बन्धको औसत समयावधि तीन मिनेट रहेको खुल्न आएको छ । सर्वेक्षणको नतिजामा भनेइको छ( “यदि तपाईं तीन मिनेट या सो भन्दा अधिक समयसम्म यौन सम्पर्क राख्न सक्नु हुन्छ भने यो तपाईंको यौन जीवनका लागि निकै राम्रो कुरा हो ।”

चिकित्सकहरूका अनुसार तीन मिनेटभन्दा कम समय मात्रै यौन क्रियामा सक्रिय हुन सक्नु भने चिन्ताको विषय रहेको छ । त्यसका साथै उनीहरूले तीन मिनेटभन्दा अधिक समय यौनक्रियामा सक्रिय हुनसक्नु समेत स्वास्थ्यका लागि राम्रो नभएको बताएका छन् ।

शोधमा संलग्न चिकित्सकहरूले शारीरिक थकान एवं मानसिक तनावका कारण शारीरिक सम्बन्धको भरपूर आनन्द उठाउन नसक्ने जोडीहरूले चिकित्सकीय परामर्श लिनुपर्ने सल्लाह दिएका छन् । एजेन्सी