१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा शिक्षा विधेयक : संसदले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित



अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा ऐन संसद्ले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ। संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा समेटिएको छ।

तर, एउटै ऐनमा विरोधाभास हुने अलगअलग व्यवस्था भएकाले अन्यौल वढेको छ । सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनीका कार्यक्रम हटाउन डा गोविन्द केसीले माग गर्दै आएका थिए। सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो। तर, विधेयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नती गर्ने उल्लेख थियो।

सरकारले धोका दिएको भन्दै केसी अनसन बसेका थिए। उनी अनसन बसेकै बेला सरकारले पूर्वसम्झौता विपरित विधेयक संसदबाट पारित पनि भएको थियो। तर, राष्ट्रपतिबाट प्रमाणीत ऐनमा भने डा।केसीकै माग सम्बोधन हुने व्यवस्था आएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ऐनमा हटाएको र पास गरेको दुबै विषय परेकाले अब संशोधनमा जानुपर्ने बताएका छन्। सभामुख कृष्णबहादुर महराले भने संसदबाट जे पारित भएको हो, राष्ट्रपति कार्यालयमा त्यही पठाइएको दाबी गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै