१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जागीरको प्रलोभनमा आफन्तले नै व्यापक ठगि गर्दै



अ+ अ-

काठमाडौँ। ‘आर्मीको ‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइ दिन्छु भनेपछि पाँचलाख रुपियाँ बुझाएँ, यतिका महिना बितिसक्यो न लप्टन भए न त पैसा पाएँ’ बैतडीका एक युवक जागिरको प्रलोभन देखाई पैसा ठगिएको गुनासो यसरी सुनाउँदै थिए ।

‘‘त्यही बीचमा अर्का व्यक्ति आए, मेरो पनि आफन्त नाता पर्नेले विदेश पठाइदिन्छु भन्दै डेढलाख रुपियाँ लिए तर अहिले सम्पर्क नै छैन’’, महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित ठगी मुद्दा (शाखा) पिलरमा यस्ता गुनासो प्रत्येक दिन अपत्यारिलो ढङ्गले आउने गरेका छन् ।

ठगी मुद्दा पिलर प्रमुख प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङ ‘पैसा भनेपछि किन यति मरिहत्ते गर्छन’ आश्चार्य लागेको बताउनुहुन्छ । घटना विवरण सुन्दा पनि घिन लागेर आउँछ भन्दै उहाँले थप्नुभयो,‘ पैसाको लोभमा अब त आफन्तले आफन्तलाई ठग्न थालेछन् ।’

‘नाता–गोता’ तथा ‘पारिवारिक’ सम्वन्धलाई लत्याएर जागिर तथा वैदेशिक रोजगारको प्रलोभनमा सर्वसाधारण युवा ठगिने समस्या व्यापक बन्दै गएको छ । पाँचलाख रुपियाँ पीडित ती युवकले आफूलाई पत्रकार बताउने डोटीकै चिरपरिचित व्यक्तिबाट ठगिएको गुनासो गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै