२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
Latest
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता बजारको प्रतिक्रियापछि ट्रम्पद्वारा मेक्सिको र क्यानाडामाथिको भन्सार शुल्क फिर्ता अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा च्याम्पियन्स ट्रफीको फाइनल खेल्ने बित्तिकै विराट कोहलीले रच्नेछन् इतिहास जनताको भावनाअनुरुप संविधान संशोधन गर्नुपर्छ: राष्ट्रियसभा सदस्य उर्मिला अर्याल पोखरामा नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? कलैयामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः रक्षामन्त्री डा. रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताउनुभएको छ । 

कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताउनुभएको हो । “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उहाँले भन्नुभयो । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताउनुभयो । 

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उहाँले उल्लेख गर्नुभयो । “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उहाँले भन्नुभयो । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताउनुभयो ।