१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिग : नेदरल्यान्ड्स फाइनलमा प्रवेश, उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्स नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो ।

३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा भने गोल खान पुग्यो । म्याथिज डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ९७ औ मिनेटमा वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले २–१ गोलको अग्रता बनाएको थियो । एक सय १४ औं मिनेटमा नेदरल्यान्ड्सका लागि प्रोमिसले गोल गर्दै ३–१ गोलको जित दिलाए ।