६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अष्ट्रेलियाको दोस्रो जित, मिचेल स्टार्कले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले हराएको हो ।

२८९ रनको चुनौती पछ्याएको वेष्ट इन्डिजले निधारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७३ रन मात्रै बनाउन सक्यो । उसका लागि शाई होपले ६८ रन बनाए । त्यस्तै, कप्तान ज्यासन होल्डरले ५१ रन बनाउँदा निकोलस पुरनले ४० रन बनाएका थिए । क्रिस गेल र शिमरन हिटम्यरले समान २१–२१ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै ४६ रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै पेट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात निकै खराब थियो । ७९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर, नाथन कल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा ४९ ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनायो । कल्टर नाइलले ९२ रन बनाए । ६० बलको सामना गरेका उनले ८ चौका र चार छक्का प्रहार गरेका थिए ।

स्टिभ स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ४५ रनको योगदान दिए ।

अष्ट्रेलियाको यो दोस्रो जित हो । यसअघि अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । वेष्ट इन्डिजको भने यो पहिलो हार हो । आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।