७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, प्रमुख वक्ता सीके राउत हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मे सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मे र ओलीबीचबको उक्र वार्ता द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने बताइएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रम ओली जुन १२ मा फ्रान्स जाने कार्यक्रम रहेको छ ।

यसैबीच कुनैबेला केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत आउने भएका छन् ।

समाचार स्रोतका अनुसार मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।