१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनफिङ र पुटिनबीच भेटवार्ता, सेन्ट पिटस्बर्ग शहरको प्रशंसा



अ+ अ-

काठमाडौं ।चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहेका छन् ।

त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उनले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्व भएको उनले बताएका थिए ।

उनीहरुले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवम् अन्य विविध स्थान र शहरको बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । ती शहरहरुको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा कुराकानी गरेका थिए ।

दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धका बारेमा उनीहरुबीच कुराकानी भएको थियो । त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सि सेन्ट पिटस्बर्ग पुगेपछि उनी र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा कुराकानी भएको थियो । समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयहरुमा उनीहरुबीच कुराकानी भएको समाचारमा जनाइएको छ ।

उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपति सि बिहीबार बिहान सेन्ट पिटस्बर्ग पुगेका हुन् । उनी २३ औँ सेन्ट पिटस्बर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनका लागि यहाँ आएका हुन् ।