१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हजार घुससहित चावहिल मालपोत कार्यालयका नासु पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेमा नासु चन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

श्रेष्ठमाथि आयोगले अनुसन्धान गरिरहेको छ।