६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हजार घुससहित चावहिल मालपोत कार्यालयका नासु पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेमा नासु चन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

श्रेष्ठमाथि आयोगले अनुसन्धान गरिरहेको छ।