६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार मन्त्री भन्छन् – प्रेसका जल्दाबल्दा मुद्दाका कुरा गर्नुस्, विधेयकको कुरा हामी गछौं



अ+ अ-

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले विधेयकको मद्दतबाट पत्रकारितालाई सम्मानित, विश्वसनीय र जिम्मेवार बनाउने बताए ।

प्रेसका जल्दाबल्दा मुद्दा छोडेर अहिले मिडिया काउन्सिल विधेयकमा अनावश्यक छलफल गरिएको टिप्पणी गरे ।

प्रेस सबल बनोस् भन्नेमा आफू लागेको भन्दै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताए ।