काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।
सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।
मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति जाने चलन छ।