७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सरकार मेरुदण्डका रुपमा रहनेछ : मन्त्री विश्वकर्मा



अ+ अ-

चितवन । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार मेरुदण्डका रुपमा रहने बताएका छन् । उनले उक्त रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने भन्दै मेरुदण्डका रुपमा रहने बताए ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताए ।

निर्माणका क्रममा आउन सक्ने सबै खालका चुनौतीको सामना सरकारले गर्ने उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री विश्वकर्माले बताए ।

‘सरकारको मात्रै एकल प्रयासबाट यस्ता ठूला संरचना बनाउन सम्भव छैन,’ मन्त्री विश्वकर्माले भने, ‘जनता, सरकार र यस्ता संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण यो रंगशाला बन्न सक्छ ।’

गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ जना मध्ये १४ जना छुटिसकेका छन् भने बाँकी ४ जना छुट्ने क्रममा छ ।

हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरुको भनाई छ ।बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् ।

निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ । फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने जनाएको हो । फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले विज्ञप्ति जारी गरेर काम गर्न नसक्ने जानकारी दिए ।