१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै हत्या भएको आरोप



अ+ अ-
फाइल फोटो

काठमाडौं । सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पुयाइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकका पति र सासू बाटोबाटै फरार
नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ । सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो ।

नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको जहाँगिरको भनाइ छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भक्कानिँदै भने, ‘भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए ।’ प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।

नुरजहाँका बुबा मो मुस्ताक छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न कतारमा पसिना बगाउँदै छन् । ‘दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन्,’ नुरजहाँका काका मो। जुमनले भने, ‘छोरीको अनुहारसमेत हेर्न पाएनन् ।’ आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेकी छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।