१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपामा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधानमा ‘एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कुनै एक समितिको अध्यक्ष पदमा बस्न पाउने छैन’ भनी उल्लेख गरिएको छ ।

विधानमा पार्टीको केन्द्रीय कार्यसमिति १७१ सदस्यीय हुने व्यवस्था गरिएको छ । भने महाधिवेशनपछि एकजना अध्यक्ष मात्र रहनेछ । हाल विभिन्न छ जनाको अध्यक्ष मण्डल गठन गरेर पालैपालो अध्यक्ष हुने व्यवस्था छ ।

प्रस्तावित विधानमा उपाध्यक्ष सात जना, महासचिव तीन जना, सहमहासचि सात जना, कोषाध्यक्ष एक जना, सह कोषाध्यक्ष एक, प्रवक्ता तीन जना रहने व्यवस्था छ ।

नयाँ विधानमा पार्टीको सम्पूर्ण निकाय तथा संरचनामा निर्वाचित हुने पदहरू मध्ये ३३ प्रतिशत महिलाका लागि आरक्षित रहने विधानमा व्यवस्था पनि गरिएकोछ ।

३३ प्रतिशतमा महिलाको सहभागिताको सुनिश्चितता गरिएको छ । पार्टीका प्रादेशिक समितिका अध्यक्ष र भातृ संगठनका केन्द्रीय अध्यक्ष केन्द्रीयसमितिको आमन्त्रित सदस्य रहने बताइएको छ ।

केन्द्रमा विभिन्न १२ वटा समिति रहनुको साथै १९ वटा भातृ संगठन, १२ वटा विभाग र ११ वटा शुभेच्छुक संगठन रहने प्रस्तावित विधानमा व्यवस्था छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




भर्खरै