१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल– भारत सीमा क्षेत्रमा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी



अ+ अ-

मोरङ । प्रदेश १ स्थित नेपाल– भारत सीमा क्षेत्रमा १७९ वटा नयाँ स्तम्भ निर्माण कार्य सम्पन्न भएको छ । सुनसरी मोरङ र झापामा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी छन् । शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको दोस्रो बैठकमा यस्तो जानकारी दिइएको हो ।

बैठकमा नेपालबाट सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुखको सहभागिता थियो ।

भारततर्फबाट सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत वन र नापी कार्यालयका प्रमुखको बैठकमा सहभागिता थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।




भर्खरै