१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गनापुरमा लहरै उद्योग स्थापना



अ+ अ-

नेपालगञ्ज । बाँकेको जनकी गाउँपालिका ५ गनापुरमा ६३ उद्योग स्थापना भएका छन्। नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको गनापुरमा लहरै उद्योग स्थापना भएका छन्। ४४ वटा सञ्चालनमा र १९ वटा सञ्चालनको तयारीमा छन्।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा मात्रै उद्योग सञ्चालनमा छन् भने गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इँटा जडिबुटी, रोजिन र औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्। जानकी गाउँपालिका ६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गसँग जोडिएको र नेपालगञ्ज उपमहानगरपालिका नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढेको बताए।

यहाँ स्थापित ६३ मध्ये ६ उद्योग अहिले बन्द अवस्थामा छन्। पाँच भने खुल्ने तयारीमा छन्। उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।