१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नम्रता श्रेष्ठ मिस वर्ल्डको उत्कृष्ट ३० मा प्रवेश गर्दै



अ+ अ-

काठमाडौं । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड(टु(हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् । मिस वर्ल्डमा सहभागी हुन जानुपूर्व नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने बताएकी थिइन् । 

उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नेपालले यसअघि पनि जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने आशा नम्रताको छ ।

मिस वर्ल्डको फाइनल अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ मा हुनेछ ।