१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ‘विप्लव’



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेकपाले आफ्ना नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । डेढ साताअघि बसेको बैठकले पार्टीको कमान्ड र ब्युरोको नेतृत्व फेरबदल गरेको हो । फेरिएको संरचनामा राजधानीसहितको मध्यकमान्ड महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कै निगरानीमा रहने स्रोतले बतायो ।

चार कमान्ड रहेका संगठन संरचनामध्ये सो पार्टीले मध्यकमान्डमा राजधानी काठमाडौंलगायत जिल्लालाई समेटेको छ । मध्यकमान्डलाई हेडव्वार्टर(विप्लव) को प्रत्यक्ष निगरानीमा रहने गरी इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तोकिएको छ । पछिल्लोपटक मध्यकमान्ड हेर्दै आएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काभ्रेबाट पक्राउ परेका थिए ।

स्थायी समिति बैठकले मध्यपश्चिम कमान्डको जिम्मेवारी चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई दिएको छ । त्यो क्षेत्र हेर्दै आएका स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’लाई पूर्वी कमान्डको जिम्मेवारी तोकेको छ । चन्द महासचिव विप्लवका दाइ हुन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै