१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आदित्यनागमाथि ‘आपत्तिजनक’ ट्वीट, पत्रकार पक्राउ



अ+ अ-

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक टिप्पणी’ गरेको मामलामा उत्तर प्रदेश पुलिसले एक पत्रकारलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका प्रशान्त कनौजियालाई उनको दिल्लीस्थित घरबाट पक्राउ गरेर लखनउ पुर्‍याइयो ।

प्रशान्तकी श्रीमती जगिशा अरोडाले बीबीसीलाई भनिन्, ‘उनले ट्वीटरमा एउटा भिडियो अपलोड गरेका थिए जसमा एक महिलाले आफूलाई योगी आदित्यनागकी प्रेमिका बताइरहेकी थिइन् ।’

यो भिडियोसहित उनले योगीबारे एउटा टिप्पणी गरेका थिए ।

लखनउको हजरतगञ्ज थानामा एफआइआर दर्ता भएपछि प्रशान्तलाई मानहानी गरेको भन्दै पक्राउ गरिएको हो ।

समाजवादी पार्टीले प्रशान्तलाई पक्राउको आलोचना गरेको छ । पार्टीको आधिकारिक ट्वीटर ह्यान्डलबाट लेखियो, ‘कानून व्यवस्था मामलामा फेल सरकारले पत्रकारमाथि आफ्नो कुण्ठा पोखिरहेको छ ।’




भर्खरै