१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका खुलेकै दिनदेखि बन्द जस्तै



अ+ अ-

काठमाडौं । चीन सँगको पुरानो नाका तातोपानी भूकम्पछि बन्द भएर निकै तामझामका साथ २ साता अघि पुनः सञ्चालन भयो। ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको नाकामा चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो।

जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि २ दिनअघि नै नाका सञ्चालनमा आएको थियो। १२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछि बन्द जस्तै भएको छ ।

सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आएका छन्। नाका सञ्चालन नहुनुको खास कारण सडक नै हो।

०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किमी सडकको विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम अझै पूरा नभएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




भर्खरै