१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाईरल बन्दै डेंगु, ३ सय ६८ पुग्यो



अ+ अ-

काठमाडौं । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सोमबार थप ५४ जनामा डेंगु संक्रमण पाइएको छ। धरानमा डेंगु संक्रमितको संख्या तीन सय ६८ पुगेको छ । मनसुन सुरु हुनु अगावै डेंगु महामारी फैलाउने एडिज एजिप्टाई र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन चिकित्सकहरुले प्रशासनलाई सुझाव दिएका छन्।

स्थानीय प्रशासनले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान संचालन गरिरहेपनि संक्रमितको संख्या भने दिनदिनै बढेको बढ्यै छ। सोमबार अपरान्ह चार बजेसम्म धरानमा डेंगु संक्रमितको संख्या ३ सय ६८ पुगेको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। विकास साहकाअनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएका मध्ये ३ सय ६८ जनामा डेंगुको भाइरस संक्रमण देखिएको छ। प्रतिष्ठानमा सोमबार ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन्।

प्रतिष्ठानको आकस्मिक कक्षमा सबैभन्दा बढी डेंगुका बिरामीको भीड बढेको छ। आकस्मिक कक्षमा रगत जचाउन आउने बिरामीको भिड व्यवस्थापन गर्न प्रतिष्ठानले ट्रपिकल वार्डमा वेग्लै शैय्याको व्यवस्था गरेको डा साहले बताए। चिकित्सकले धरानमा फैलिएको डेंगु टाइप टु भएको र एडिस एजिप्टाई तथा एडिज एल्बो पिकस लामखुट्टेको टोकाइबाट संक्रमण फैलिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै