१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको एक अस्पतालमै खुलम खुल्ला इसाई धर्मको प्रचार



अ+ अ-

काठमाडौं । गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीका भैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ ।

द लेप्रोसी मिसन नामक संस्थाको सहयोगमा सन्चालित अस्पतालले इसाई धर्मको प्रचार प्रसार गरिरहेको खुल्न आएको हो । बिरामीलाई औषधिका साथ इसाई धर्मका पुस्तिका दिने र प्रार्थना विधि पनि सिकाउने गरिएको बिरामीहरुले नै बताएका छन् ।

विशेष गरी कुष्ठरोग प्रभावितहरुको उपचार गर्दै आइरहेको उक्त अस्पतालले विगत स्थापना कालदेखि नै इसाई धर्म प्रचारका सामग्रीहरु राखिएको पाइएको हो । उक्त अस्पताल स्थापना भएको ६२ वर्ष भइसकेको छ ।

अस्पतालमा बहिरंग ९ओपिडी० सेवा भएपनि यी प्रचार–प्रसार सामग्री भने कुष्ठरोग प्रभावितहरुको लागि लक्षित गरी राखिएको देखिन्छ ।

कुष्ठरोग प्रभावितहरुलाई औषधी चलाएपछि २० औँ वर्षसम्म अस्पतालमै बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ती सामग्री विरामीको वार्डको भित्ता र औषधी राख्ने टोकरीमा राखी दिनेगरिएको छ ।

दुःख र कष्टबाट छुटकारा, यशुको जीवित वचन, बाइबलले हामीलाई के सिकाउँछ लगायतका इसाइ धर्मका प्रचार सामग्रीहरु विरामी राख्ने वार्ड, अस्पतालको भित्तामा प्रसस्तै देख्न पाइने गरेको समाचार आजको नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै