१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान अपहरणको धम्की दिनेलाई पाँच करोड जरिवाना सहित जन्मकैद



अ+ अ-

काठमाडौं । मुम्बईका एक व्यवसायीलाई विमान अपहरणको धम्की दिने मामलामा जन्मकैदको सजाय तोकिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार विशेष एनआईए अदालतले दोषीलाई पाँच करोड भारु जरिवाना तोकेको छ ।

अदालतले जरिवाना राशी त्यसदिन विमानका सवार चालक दल सदस्य र यात्रीलाई बाँड्न निर्देशन दिएको छ ।

विशेष एनआईए न्यायाधीस जज केएम दवेले व्यवसायी बिरजू सल्लालाई यस्तो सजाय तोकेका हुन् । घटना सन् २०१७ अक्टोबर को हो जब विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा लेखिएको धम्कीपूर्ण युक्त पत्र जेटको मुम्बईबाट दिल्ली गइरहेको फ्लाइट संख्या ९ डब्ल्यू ३३९ को टोइलेट टिश्यू पेपर बक्समा राखिएको थियो ।

पक्राउपछि सल्ला भारतका यस्ता व्यक्ति बनेका छन् जसलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो । अर्थात्, देशभरी कुनै पनि विमानमा यात्रामाथि प्रतिबन्ध लगाइएको थियो ।




भर्खरै