३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

गर्भवती हुँदा आफ्नै श्रीमानले गराए १० जनाबाट सामूहिक बलात्कार

गर्भवती हुँदा आफ्नै श्रीमानले गराए १० जनाबाट सामूहिक बलात्कार
अ+ अ-
फाइल फोटो

काठमाडौं । गर्भवती भएका बेला आफ्नै श्रीमानले १० जना युवाकबाट सामूहिक बलात्कार गराइ चरम यातना दिएकी एक महिला अहिले दोषीलाई कारवाही गराउनको लागि संघर्ष गरिरहेकी छिन् । ती महिलालाई आफ्ना श्रीमानले ३ पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने नियमको पक्षमा भएको कार्यक्रममा सहभागी हुन भनेका थिए । तर ती महिलाले यसको विरोध गरेपछि उनले आफ्नै अगाडि १० जना केटाहरु बोलाएर आफ्नी गर्भवती श्रीमतीलाई सामूहिक बलात्कार गर्न लगाएका थिए ।ती महिलाले अहिलेसम्म दोषीलाई कारवाही गर्न प्रशासन निकै उदासिन रहेको बताएकी छिन् । भारतको उत्तर प्रदेश आगराकी ती महिलाको विवाह २१ अप्रिल २०१४ मा आगराकै जावेद हुसैनसँग भएको थियो । ती महिलाका अनुसार १८ अक्टोबर २०१६ मा आगरामा केही मुस्लिम संगठनले ३ तलाकको पक्षमा महिलाहरुको र्याली निकालेका थिए । जावेदले पत्नीलाई त्यो र्यालीमा सहभागी हुन पठाएका थिए । र्यालीमा सहभागी हुने महिलाहरुलाई पैसा पनि दिइएको थियो ।

तर ती महिलाले श्रीमान् जावेदसँग आफ्नी श्रीमतीलाई तीन तलाक भनेकै भरमा छोड्न पाइने व्यवस्था गलत भएको भन्दै आफू त्यसको पक्षमा नभएको बताइन् । जावेदले उनलाई निकै सम्झाइबुझाइ गर्न चाहे तर उनले मानिनन् । त्यसपछि जावेदलाई उनलाई निर्घात रुपमा कुटपिट गरी कोठामा बन्द गरिदिए । लगातार २ रातसम्म ३–३ जना केटाहरु बोलाएर सामूहिक बलात्कार गराए । त्यतिबेला उनको पेटमा २ महिनाको बच्चा थियो । सामूहिक बलात्कारका कारण गर्भपतन भयो । त्यतिबेला उनी कोठामा बन्द थिइन् । बाटोमा हिँड्ने कसैले उनको चिच्याएको आवाज सुनेपछि प्रहरी बोलाएर ल्याए । प्रहरीले उनलाई छुटाएर शाहगंज थानामा पुर्याए ।त्यही समय उनका दुई फोटो भाइरल भए । ती फोटोमा उनका हातखुट्टा बाँधिएका थिए र पिठमा कुटपिटका निशान थिए । प्रहरीले घटनालाई दबाएर उनलाई घरमै पठायो । जहाँ उनलाई फेरि कैद गरियो । उनले चुपचाप कैदबाटै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखिन् । १५ सेप्टेम्बर २०१६ मा यसको जवाफ पनि आयो र यो चिठी उनका परिवारका अन्य सदस्यको हात लाग्यो । त्यसपछि उनीहरुले अझै यातना दिन थाले । १ जनवरी २०१७ को दिन उनका श्रीमान्ले आफ्नै अगाडि १० जनाबाट सामूहिक बलात्कार गराए ।

यतिबेला उनको गर्भमा अर्को बच्चा थियो । यो बच्चा पनि बलात्कारपछि बच्न सकेर । त्यतिबेला उनलाई जतिबेला पनि मदिरा पिलाएर राखिन्थ्यो ताकि उनी बेहोस रहिरहुन् । त्यसपछि उनी फेरि बाटो हिँड्नेको सहयोगमा प्रहरीसम्म पुगिन् । तर प्रहरीले श्रीमान् नै सामूहिक बलात्कारमा संलग्न भएको भन्दै केही गर्न नमिल्ने भनेर घटना दबाउन खोज्यो । उनी माइती गएर बसिन् । २ फेब्रुअरीका दिन फेरि उनी प्रहरी अधिकारीकहाँ गइन् तर मुद्दा दर्ता भएन । १८ मे का दिन उनी लखनउ गएर मुख्यमन्त्री योगी आदित्यनाथसँग उजुरी गरिन् । त्यसपछि बल्ल मुद्दा जाँचको श्रेणीमा आयो । २ जूनका दिन प्रहरीले उनलाई घटनास्थल लिएर गयो तर त्यहाँ प्रहरीकै अगाडि महिलाहरुले उनलाई ‘शरीयत’ नमानेको भन्दै कुटपिट गरे ।प्रहरीले जसोतसो उनको ज्यान बचायो त्यसपछि उनको उजुरीको आधारमा श्रीमान् जावेद र उनका साथीहरु एजाज, जाहिद जाकिर अब्दुल र अन्य चारजना नाम नखुलेका व्यक्तिविरुद्ध सामूहिक बलात्कार र गर्भपतना गराएको मुद्दा दर्ता गरायो । घटनाको ५ महिनापछि मुद्दा दर्ता भएकोमा त्यसको एक महिनापछि बल्ल उनको मेडिकल जाँच भयो । मेडिकल जाँचमा घटनाको ६ महिनापछि पनि उनको पाठेघर फुटेको गर्भपतन भएको र निकै दर्दनाक बलात्कार भएको रिपोर्ट आएको थियो । यति भइसक्दा पनि आरोपीहरुलाई प्रहरीले पक्राउ नगरेपछि उनले फेरि प्रधानमन्त्री मोदीलाई चिठी लेखिन् । यही महिना प्रधानमन्त्री कार्यालयबाट पीतिलाई सहयोग गर्न भन्दै स्थानीय प्रशासनमा पत्र आए पनि कुनै कारवाही भएन । प्रहरीले प्रधानमन्त्रीको पत्रपछि अनुसन्धान भइरहेको र छिट्टै कारवाही हुने आश्वासन दिएको छ ।