• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

गर्भवती हुँदा आफ्नै श्रीमानले गराए १० जनाबाट सामूहिक बलात्कार



फाइल फोटो

काठमाडौं । गर्भवती भएका बेला आफ्नै श्रीमानले १० जना युवाकबाट सामूहिक बलात्कार गराइ चरम यातना दिएकी एक महिला अहिले दोषीलाई कारवाही गराउनको लागि संघर्ष गरिरहेकी छिन् । ती महिलालाई आफ्ना श्रीमानले ३ पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने नियमको पक्षमा भएको कार्यक्रममा सहभागी हुन भनेका थिए । तर ती महिलाले यसको विरोध गरेपछि उनले आफ्नै अगाडि १० जना केटाहरु बोलाएर आफ्नी गर्भवती श्रीमतीलाई सामूहिक बलात्कार गर्न लगाएका थिए ।ती महिलाले अहिलेसम्म दोषीलाई कारवाही गर्न प्रशासन निकै उदासिन रहेको बताएकी छिन् । भारतको उत्तर प्रदेश आगराकी ती महिलाको विवाह २१ अप्रिल २०१४ मा आगराकै जावेद हुसैनसँग भएको थियो । ती महिलाका अनुसार १८ अक्टोबर २०१६ मा आगरामा केही मुस्लिम संगठनले ३ तलाकको पक्षमा महिलाहरुको र्याली निकालेका थिए । जावेदले पत्नीलाई त्यो र्यालीमा सहभागी हुन पठाएका थिए । र्यालीमा सहभागी हुने महिलाहरुलाई पैसा पनि दिइएको थियो ।

तर ती महिलाले श्रीमान् जावेदसँग आफ्नी श्रीमतीलाई तीन तलाक भनेकै भरमा छोड्न पाइने व्यवस्था गलत भएको भन्दै आफू त्यसको पक्षमा नभएको बताइन् । जावेदले उनलाई निकै सम्झाइबुझाइ गर्न चाहे तर उनले मानिनन् । त्यसपछि जावेदलाई उनलाई निर्घात रुपमा कुटपिट गरी कोठामा बन्द गरिदिए । लगातार २ रातसम्म ३–३ जना केटाहरु बोलाएर सामूहिक बलात्कार गराए । त्यतिबेला उनको पेटमा २ महिनाको बच्चा थियो । सामूहिक बलात्कारका कारण गर्भपतन भयो । त्यतिबेला उनी कोठामा बन्द थिइन् । बाटोमा हिँड्ने कसैले उनको चिच्याएको आवाज सुनेपछि प्रहरी बोलाएर ल्याए । प्रहरीले उनलाई छुटाएर शाहगंज थानामा पुर्याए ।त्यही समय उनका दुई फोटो भाइरल भए । ती फोटोमा उनका हातखुट्टा बाँधिएका थिए र पिठमा कुटपिटका निशान थिए । प्रहरीले घटनालाई दबाएर उनलाई घरमै पठायो । जहाँ उनलाई फेरि कैद गरियो । उनले चुपचाप कैदबाटै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखिन् । १५ सेप्टेम्बर २०१६ मा यसको जवाफ पनि आयो र यो चिठी उनका परिवारका अन्य सदस्यको हात लाग्यो । त्यसपछि उनीहरुले अझै यातना दिन थाले । १ जनवरी २०१७ को दिन उनका श्रीमान्ले आफ्नै अगाडि १० जनाबाट सामूहिक बलात्कार गराए ।

यतिबेला उनको गर्भमा अर्को बच्चा थियो । यो बच्चा पनि बलात्कारपछि बच्न सकेर । त्यतिबेला उनलाई जतिबेला पनि मदिरा पिलाएर राखिन्थ्यो ताकि उनी बेहोस रहिरहुन् । त्यसपछि उनी फेरि बाटो हिँड्नेको सहयोगमा प्रहरीसम्म पुगिन् । तर प्रहरीले श्रीमान् नै सामूहिक बलात्कारमा संलग्न भएको भन्दै केही गर्न नमिल्ने भनेर घटना दबाउन खोज्यो । उनी माइती गएर बसिन् । २ फेब्रुअरीका दिन फेरि उनी प्रहरी अधिकारीकहाँ गइन् तर मुद्दा दर्ता भएन । १८ मे का दिन उनी लखनउ गएर मुख्यमन्त्री योगी आदित्यनाथसँग उजुरी गरिन् । त्यसपछि बल्ल मुद्दा जाँचको श्रेणीमा आयो । २ जूनका दिन प्रहरीले उनलाई घटनास्थल लिएर गयो तर त्यहाँ प्रहरीकै अगाडि महिलाहरुले उनलाई ‘शरीयत’ नमानेको भन्दै कुटपिट गरे ।प्रहरीले जसोतसो उनको ज्यान बचायो त्यसपछि उनको उजुरीको आधारमा श्रीमान् जावेद र उनका साथीहरु एजाज, जाहिद जाकिर अब्दुल र अन्य चारजना नाम नखुलेका व्यक्तिविरुद्ध सामूहिक बलात्कार र गर्भपतना गराएको मुद्दा दर्ता गरायो । घटनाको ५ महिनापछि मुद्दा दर्ता भएकोमा त्यसको एक महिनापछि बल्ल उनको मेडिकल जाँच भयो । मेडिकल जाँचमा घटनाको ६ महिनापछि पनि उनको पाठेघर फुटेको गर्भपतन भएको र निकै दर्दनाक बलात्कार भएको रिपोर्ट आएको थियो । यति भइसक्दा पनि आरोपीहरुलाई प्रहरीले पक्राउ नगरेपछि उनले फेरि प्रधानमन्त्री मोदीलाई चिठी लेखिन् । यही महिना प्रधानमन्त्री कार्यालयबाट पीतिलाई सहयोग गर्न भन्दै स्थानीय प्रशासनमा पत्र आए पनि कुनै कारवाही भएन । प्रहरीले प्रधानमन्त्रीको पत्रपछि अनुसन्धान भइरहेको र छिट्टै कारवाही हुने आश्वासन दिएको छ ।