२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पूर्वराजालाई सुझाव– ‘नयाँ पार्टी खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ’ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई नयाँ पार्टी खोल्न वा व्यापार गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘राजाले पनि नयाँ पार्टी खोले हुन्छ । व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं ।’यस्तै उनले प्रतिगामी तत्वहरूले फेरि शिर उठाउने दुस्साहस गरिरहेको बताउँदै नदिको प्रवाह अगाडि बढिसकेको भन्दै फेरि पछाडि फर्किन नसक्ने टिप्पणी गरे ।

नेपालले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् ।’