१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर



अ+ अ-

काठमाडौं । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर ९एनओसी०मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ ।

‘श्रमबाट जापान जानुपर्ने वर्ग यता ९शिक्षा मन्त्रालय०बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्छ, यताबाट सीपविहीन भएर गएका छन्,’ शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले भने । भाषा अध्ययन गरेपछि स्नातक तह अध्ययन गर्न जानेका लागि भने एनओसी नरोकेको उनले स्पष्ट पारे ।

यसअघि भाषा अध्ययन तथा विद्यालय तहका लागि समेत एनओसी दिने गरेको थियो । तर, बुधबारदेखि मन्त्रालयले रोकेपछि अब भाषापछि कस्तो कार्यक्रम अध्ययन गर्ने भन्ने यकिन गरेर मात्रै एनओसी दिने नियम बनाएको छ ।

बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव महेश्वर शर्मा र कानुनी सल्लाहकारसँग समेत छलफल गरेका थिए । शाखा प्रमुख शर्माले उच्च शिक्षाका लागि मात्र एनओसी दिने व्यवस्था भएकाले त्यसको कार्यान्वयन गरेको बताए ।

गत साउनदेखि चैत मसान्तसम्म विदेश अध्ययनका लागि ४९ हजार पाँच सय ५६ विद्यार्थीले एनओसी लिएका छन् । सबैभन्दा बढी अस्ट्रेलिया र दोस्रोमा जापानका लागि यस्तो अनुमति लिएको शर्माले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।