१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनअगावै डेंगुको संक्रमणः अझैँ व्यापक हुन सक्ने विज्ञको चेतावनी



अ+ अ-

काठमाडौं । यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ ।

‘मुख्य रुपमा बर्सेनि मनसुनपछि दसैँ–तिहारतिर डेंगु देखिने गथ्र्यो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने ‘मनसुन अगाडि नै यति धेरै ठाउँमा डेंगु देखिएको पहिलो पटक हो ।’ गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन् । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।