१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संबोधन गरेको ‘अक्सफोर्ड’ मा सिके राउतले प्रवचन दिँदै



अ+ अ-

काठमाडौं । केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता सीके राउत युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत जाने भएका छन् ।

समाचार स्रोतका अनुसार मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना जाने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।

यो पनि

http://newspolar.com/2019/06/94988

बेलायतकै क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरी अमेरिकामा कम्यूटर वैज्ञानिकको रुपमा काम गरेका राउत पछिल्लो चारवर्षदेखि यतै थिए।

स्रोतका अनुसार अर्को साता उनी तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवचन दिएको विश्वविख्यात ‘अक्सफोर्ड युनिभर्सिटी’ जानेछन् ।

जुन १९ मा उनले अक्सफोर्डमा ‘ब्ल्याक बुद्ध’ र नेपालको राजनीतिक अवस्था, जातीय क्लष्टर लगायतको विषयमा बोल्नेछन्। तीन दिन अघि प्रधानमन्त्री ओलीले बेलायत भ्रमणका क्रममा त्यही विश्वविद्यालयमा नेपालको राजनीतिक अवस्था र विकासको बारेमा प्रवचन दिएका थिए।

राउतले बुधबार अष्ट्रियाको भियानास्थित ‘भियाना विश्वविद्यालय’मा नेपालका ‘कसको विकास’ शिर्षकमा बोलेका छन्। उनले नेपालमा बहुराष्ट्रियता, बहुधर्म, बहुभाषा रहेको उल्लेख गर्दै यसमध्ये कसको के विकास भन्ने विषय उठान गरेका थिए।

यता आउँदो साता बेलायतकै अर्को ‘एसओएस युनिभर्सिटी’मा पनि प्रवचन हुँदैछ।

उनले त्यहाँ ‘नेपाल अन रन’ शिर्षकमा बोल्दैछन्। तिव्र अघि बढ्ने चाहनाका बीच सिमान्तकृतहरु कसरी पछाडी नै छुटिरहेका छन् यो विषयमा उनी बोल्नेछन्।