१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकलाई घर पठाउन सेवाबापत आठ अर्ब रुपैयाँ दिईने



अ+ अ-

काठमाडौं । आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत आठ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ।

किताबखानाका प्रवक्ता रवीन्द्र बुढाप्रितीका अनुसार एक साताभित्र उक्त रकम सबै जिल्लामा पठाइने छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लाबाट आएको शिक्षकको विवरण निर्क्यौल गरी किताबखानाले रकम निकासाका लागि पठाउने समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।