१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसेमा प्रतिबन्धपछि लापसेको समस्या



अ+ अ-

काठमाडौं । बुढानीलकण्ठ–रत्नपार्क एनएसी रूटमा गुड्ने माइक्रोबसका एकचालक वास्तविक नामले भन्दा ‘घाँस खाने’ नामबाट परिचित छन् । ती चालकले प्रायः गाँजा सेवन गरी सवारी चलाउने गरेकाले घाँस खाने नाम राखिएको हो ।

त्यस्तैं, टोखा–रत्नपार्क रुटमा चल्ने माइक्रोबसका एकचालक ‘ट्यापे’ नामले चर्चित छन् । लागूआंैषध ‘ट्यावलेट’ खाएर सवारी हाक्ने भएकाले ती चालकको नामै ट्यापे राखिएको उहाँकै सहकमी चालकहरू बताउँछन् । लागूपदार्थ सेवन ९लापसे० गरी सार्वजनिक सवारी चलाउने यी दुई चालक नमूना हुन् । यातायात व्यवसायीहरूका अनुसार, सवारी चालकहरूमा लागू पदार्थ सेवनको समस्या निकै जटिल बन्दै गएको छ ।

मदिरा सेवन (मापसे) गरी सवारी चलाउदा गन्ध आउने भएकाले मोइक्रोबस, मिनीवस, ट्रिपर र ट्याक्सी लगायतका सार्वजनिक सवारीका चालकहरूले गाँजा तथा चरेश चुरोटमा राखी सेवन गर्ने र ट्यावलेट खाने गरेको पाइएको छ । बुढानीलकण्ठ माइक्रोबस व्यवसायी समितिका एकअधिकारी लापसेविरुद्ध कारवाही सुरु गर्ने हो भने उपत्यकामा चालकहरूको खडेरी पर्ने बताउनुहुन्छ । बारम्बार सम्झाइ बुझाइ गर्दा पनि अटेर गर्नेलाई सवारी धनीले नै प्रहरीको जिम्मा लगाउने गरेको पाइएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।